बझाङ केन्द्रविन्दू भएर भूकम्प

बझाङ केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं : बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार विहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो।

यसअघि सोमबार साँझ ६ बजेर ५४ मिनेटमा बाजुर केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय देशका पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम बाक्लिएको छ।

जेठ १०, २०८० बुधबार ०७:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।