सुत्केरीको मृत्यु भएपछि सिन्धुली अस्पताल तोडफोड, सुरक्षाकर्मी घाइते

सुत्केरीको मृत्यु भएपछि सिन्धुली अस्पताल तोडफोड, सुरक्षाकर्मी घाइते
तस्बिर : रविन्द्र भट्टराई

सिन्धुली : गर्भवती महिलाको मृत्यु भएपछि जिल्ला अस्पताल सिन्धुली तनावग्रस्त बनेको छ।

चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतक महिलाका आफन्त आक्रोशित बनेपछि सिन्धुली अस्पताल तनावग्रस्त बनेको हो।

कमलामाई नगरपालिका–५ की गंगा गुरुङको मंगलबार उपचारको क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनका अफन्तले अस्पतालमा ढुङ्गामुढा गरेका थिए।

अस्पतालमा तनाव उत्पन्न भएपछि शान्तिसुरक्षा कायम गर्न भन्दै आएको प्रहरीसमेत घाइते भएका छन्। एक सुरक्षाकर्मीको अस्पतालमै उपचार सुरु गरिएको छ।

जेठ ९, २०८० मंगलबार २२:०४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।