बुधबार ४ बजे संघीय संसदको संयुक्त बैठक

काठमाडौं : बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान भएको छ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना निकालेर संघीय संसदको संयुक्त बैठक आह्वान भएको जानकारी दिए।
सूचना अनुसार बुधबार दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ। जहाँ संयुक्त समिति नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्नका लागि बैठक बोलाइएको उल्लेख छ।
सोही अनुसार सम्भावित कार्यसूची समेत संसद सचिवालयले तय गरेको छ।
जेठ ९, २०८० मंगलबार १९:५२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।