राष्ट्रपति पौडेलको प्रतिनिधि उनकै छोरी अवज्ञा !

राष्ट्रपति पौडेलको प्रतिनिधि उनकै छोरी अवज्ञा !

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको प्रतिनिधि बन्दै उनको छोरी अवज्ञा पौडेलले सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई सन्देश दिइन्।

दुवै खुट्टाको घुँडामुनिको भाग नभएका उनले सफल रूपमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए।

काठमाडौं आएका उनलाई भब्य स्वागत भएको थियो। राष्ट्रपति पौडेलको बधाई सन्देश उनको छोरीसँगै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिकी छोरी अवज्ञा पौडेलले मंगलबार बुढामगरलाई हस्तान्तरण गरेका थिए।

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँंदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएका उनले सगरमाथा आरोहणमा  राखेको विश्व किर्तिमान लगन, साहस र गौरवको प्रतीकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेछ भन्ने  आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलको बधाई सन्देशमा उल्लेख छ।

‘घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयपानलाई सहज एवम् सरल बनाउँदै सगरमाथा आरोहणजस्तो दुरुह तथा साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईँंको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो’, राष्ट्रपति पौडेलको सो सन्देशमा भनिएको छ।

राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन उनको सफलता उदाहरणीय बनोस् भन्दै कामना गरेका थिए।

जेठ ९, २०८० मंगलबार १५:४६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।