माननीय ज्यू, मोबाइल बन्द!

माननीय ज्यू, मोबाइल बन्द!

काठमाडौं : मंगलबार संघीय संसद्को राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम चल्दै थियो।

कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डले दिँदैछन्। 

प्रधानमन्त्रीले जवाफ दिएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई स्पष्टिकरणका लागि प्रश्न सोध्नका लागि १ मिनेटको समय दिए।

सोही क्रममा सांसद कमला पन्तलाई अध्यक्ष तिमिल्सिनाले बोल्ने समय दिए। पन्त बोल्न थालिन्। उनले बोल्दै गर्दा मोबाइलको घण्टी बज्यो। उनी बोल्दै गर्दा अध्यक्षले भनिहाले, ‘माननीयन्यू मोबाइल बन्द!’

यसअघि वैशाख १७ गते राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई बैठकमा मोबाइल नचलाउन रुलिङ गरेका थिए।

उनले त्यो बेला भनेका थिए, ‘माननीय सदस्यहरु, बैठक कक्षमा बैठक चलिरहँदा मोबाइल बज्ने, उठाउने क्रम बारम्बार देखिएको छ, आजदेखि अब उप्रान्त बैठक कक्षमा मोबाइलहरु बज्ने छैनन्। उठाइने छैनन्। कि साइलेन्टमा हुनेछन्। कि स्विच अफ हुनेछन्। म यो निर्देश जारी गर्दछु।’

जेठ ९, २०८० मंगलबार १५:२४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।