नेपालले युएई र ओमानसँग अभ्यास खेल खेल्ने, समूह चरणको पहिलो खेल जिम्बाबेसँग

नेपालले युएई र ओमानसँग अभ्यास खेल खेल्ने, समूह चरणको पहिलो खेल जिम्बाबेसँग

काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले युएई र ओमानसँग दुई अभ्यास खेल खेल्ने भएको छ।

नेपाली टोलीले युएईसँग जुन १३ मा जिम्बाबेकै ओल्ड हारारियन्समा र जुन १५मा हरारेमा अभ्यास खेल खेल्नेछ।

अभ्यास खेलपछि नेपाली राष्ट्रिय टोलीले जुन १८  मा आयोजक जिम्बाबेसँग, जुन २० मा अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २५ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।

नेपाल विश्वकप छनोटको समूह ‘ए’मा परेको छ। समूहमा नेपालसँगै वेस्ट इन्डिज, नेदरल्याण्ड्स, जिम्बाबे र अमेरिका छन्। पाँच टोली सम्मिलित प्रत्येक समूहका शीर्ष तीन टोलीले सुपर सिक्सका खेलहरू खेल्नेछन्।

सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेल्नेछन्। जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्। एकदिवसीय विश्वकपमा १० टोली हुनेछन्।

जेठ ९, २०८० मंगलबार १५:००:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।