विद्यालयको छात्रावासमा आगलागी, १९ जनाको मृत्यु

विद्यालयको छात्रावासमा आगलागी, १९ जनाको मृत्यु

एजेन्सी : दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ।

आगलागीमा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको तथा पाँच जनाको महदिया जिल्ला अस्पतालमा मृत्यु भएको हो।

११/१२ तथा १६/१७ वर्षका किशोरीहरू बस्ने आवासमा यो आगलागी भएको हो। प्रहरीले नियतवश कसैले भवनमा आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखिएको जनाएको छ।

कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो लगाएको हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन्। 

‘दुर्भावनाबाट प्रेरित भएर छात्रावासमा आगो लगाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हाम्रो अनुसन्धान जारी छ। अहिलेसम्म कुनै सन्दिग्ध पहिचान भएको छैन,’ गुयानाका प्रहरी आयुक्त क्लिफ्टन हिकेनले बताए।

जेठ ९, २०८० मंगलबार १४:००:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।