दुवै खुट्टा नभए पनि सगरमाथा आरोहण गरेर फर्किए विश्व कीर्तिमानी हरिबहादुर

दुवै खुट्टा नभए पनि सगरमाथा आरोहण गरेर फर्किए विश्व कीर्तिमानी हरिबहादुर

काठमाडौं : दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल आरोहण गरेर फर्किएका आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। 

लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समुदायले झाँकीसहित स्वागत गरेको हो।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन्।

योसँगै उनले घुँडामाथि सम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीको कीर्तिमान बनाएका थिए।

आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिए।

‘आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन।’ उनले भने।

जेठ ९, २०८० मंगलबार १३:३१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।