एमाले विश्वविद्यालय हो, ओली यसका भीसी, प्रोफेसर, डाक्टर सबै हुन् : गोकुल बाँस्कोटा

एमाले विश्वविद्यालय हो, ओली यसका भीसी, प्रोफेसर, डाक्टर सबै हुन् : गोकुल बाँस्कोटा

काठमाडौं : एमालेका सांसद गोकुल बाँस्कोटाले एमाले विश्वविद्यालय हो भने पार्टी अध्यक्ष केपी शर्मा ओली त्यस विश्वविद्यालयका सबैथोक भहेको बताएका छन्।

सत्तापक्षका सांसदहरूले ओलीलाई हेडमास्टर भने पछि आज संसद बैठकमा बोल्दै उनले ओलीलाई हेडमास्टरको उपाधिले मात्र नपुग्ने बताए।

उनले भने, ‘हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौं। एमाले लोकतन्त्रको, राष्ट्रिय स्वाधीनताको, सामाजिक न्यायसहितको परिवर्तनको, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो।’

‘त्यसैले तपाईंहरूले दिएको उपाधि हामीलाई पुग्दैन, केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफेसर हो, डाक्टर हो‚ इन्जिनियर हो, आर्किटेक्ट हो सबै हो। तपाईंहरूले कम्तीमा सिक्न पाउनुभयो। म बधाई भन्न चाहन्छु,’ उनले थपे।

जेठ ९, २०८० मंगलबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।