महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौं : काठमाडौं महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना हटाएको छ।

महानगरले सिहंदरबार अगाडि राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो।

सिंहदरबारको पश्चिम गेट अगाडि पुलमुनी रहेका रेष्टुरेन्ट लगायतले निर्माण गरेका अवैध संरचना पनि हटाइएको छ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अवैध संरचना र अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष अभियान सञ्चालन गरी हटाएको बताए।

सरकारी कार्यालय अगाडि अवैध संरचना तथा अव्यवस्थित फोहरमैला राखेमा जरिवाना गर्नुपर्ने विषयमा छलफल भइरहेको पनि उनले जानकारी दिए।

जेठ ९, २०८० मंगलबार १२:१८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।