काठमाडौंमा आजदेखि ‘सम्पदा घुम्ती बस सेवा’ सुरु हुँदै

काठमाडौंमा आजदेखि ‘सम्पदा घुम्ती बस सेवा’ सुरु हुँदै

काठमाडौं : काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजदेखि ‘सम्पदा घुम्ती बस सेवा’ सञ्चालनमा आउँदै छ।

काठमाडौं उपत्यकाका सम्पदा देखाइन नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरू सञ्चालनमा ल्याउन लागिएको हो। हालका लागि यो बस सेवा निःशुल्क प्रयोगमा ल्याइने भएको छ।

काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यो बस सेवा सुरु गर्न लागेको हो।

बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा आजदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन्।

ललितपुर महानगरपालिकाबाट औपचारिक रूपमा सुरु गरिने  ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ।

जेठ ९, २०८० मंगलबार १०:५६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।