बजेट अभावमा पूरा हुन सकेन चितवनको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

बजेट अभावमा पूरा हुन सकेन चितवनको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

चितवन : चितवन उद्योग संघले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन।

वि. सं. २०७३ असारदेखि जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको हो।

उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलमा अहिलेसम्म २७ करोड ७७ लाख ९१ हजार आठ सय ३९ रुपैयाँ खर्च भइसकेको छ। स्थल निर्माणका लागि रु ३७ करोड खर्च हुने अनुमान गरिएको थियो।

संघीय सरकारको १५ करोड, चितवन उद्योग संघका सदस्यहरूको ६ करोड ३२ लाख , नेपाल उद्योग परिसंघको तीन करोड बजेटमा भवन निर्माण गरिएको हो।

अहिले भौतिक संरचना तयार भए पनि आन्तरिक काम हुन सकेको छैन। निर्माणकै चरणमा रहेको यस प्रदर्शनीस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय गरी १५ प्रदर्शनी भइसकेका छन्। 

प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक बजेट अपुग भएपछि पदाधिकारीहरूले व्यक्तिगत जवानी बसेर बैंकबाट ऋण निकालेर काम अघि बढाएका थिए।

जेठ ९, २०८० मंगलबार ०९:१५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।