मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किंदा एक जनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किंदा एक जनाको मृत्यु

कास्की : पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

आज बिहान पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नंको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने मोटरसाइकल चालक १७ वर्षीय सङ्गम बानियाँको भने टाउको र घाँटीमा चोट लागेको छ।

जेठ ९, २०८० मंगलबार ०८:५८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।