भीमफेदी कारागारका ३५ जना कैदीबन्दीलाई झाडापखाला संक्रमण

भीमफेदी कारागारका ३५ जना कैदीबन्दीलाई झाडापखाला संक्रमण

मकवानपुर : मकवानपुरको भीमफेदी कारागारका ३५ जना कैदीबन्दीलाई झाडापखला संक्रमण भएको छ।

सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने  तथा झाडापखाला लाग्ने जस्ता लक्षण देखापरेको थियो।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला संक्रमण बिस्तारै अन्यमा हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए।

संक्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार  सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोली कार्यरत रहेको बताइएको छ।

जेठ ९, २०८० मंगलबार ०७:४७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।