आज देशभर वर्षाको सम्भावना

आज देशभर वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भू-भाग तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ। ​​​​​​​कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ९, २०८० मंगलबार ०७:१४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।