विराट कोहली घाइते, विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने अनिश्चित
गुजरातविरुद्धको खेलमा घाइते भएका विराट कोहली जुन ७ देखि ११ सम्म इङ्ल्याण्डको ओभल मैदानमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा सहभागी हुने/नहुने अनिश्चित बनेको छ।
आईपीएलअन्तर्गत गुजरात टाइटन्सविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा उनी चोटग्रस्त बनेका थिए।
गुजरात टाइटन्सको इनिङ्सको १५ औं ओभरमा कोहलीले विजय शंकरलाई बाउन्ड्री नजिकै क्याच गरेका थिए। यही प्रयासमा उनको घुँडा जमिनमा ठोक्किएको थियो।
कोहलीले क्याच लिएका थिए, तर त्यसपछि उनी पीडामा देखिए। उनलाई हिँड्न गाह्रो भएको थियो। यसपछि कोहली मैदानबाट बाहिरिएका थिए।
खेलपछि सञ्चारमाध्यमसँग कुरा गर्दै बेंग्लोरका मुख्य प्रशिक्षक सञ्जय बांगरले कोहलीको घुँडाको चोटको पुष्टि गर्दै चोट धेरै गम्भीर नहोला भन्ने आशा राखेको बताए।
इन्डियाका अरू धेरै सिनियर खेलाडी पनि चोटका कारण बाहिर भइसकेका छन्।
जसप्रित बुमराह आइपीएलअघि चोटका कारण मैदान बाहिर छन्। उनको ढाडको शल्यक्रिया भएको छ। यसै क्रममा श्रेयस अय्यर पनि आईपीएलअघि अस्ट्रेलियाविरुद्ध खेलिएको बोर्डर-गावस्कर ट्रफीको अन्तिम खेलमा घाइते भएका थिए।
अय्यरको हालै ढाडको शल्यक्रिया गरिएको छ।
जेठ ८, २०८० सोमबार २२:४८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।