१२ करोडको फिल्मले १७ दिनमा १३७ करोड कमायो, तोड्यो सात वर्ष पुरानो रेकर्ड
एजेन्सी : यो वर्ष अहिलेसम्म कुनै पनि सानो बजेटमा बनेको बलिउड फिल्मले ठूलो सफलता हात पार्न सकेको छैन।
तर, एउटा भाषामा मात्र रिलिज भएको दक्षिण भारतीय फिल्मले लगानीभन्दा कयौं गुणा बढी आम्दानी गरेर मात्रै देखाएको छैन आफ्नो भाषामा सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमानसमेत राखेको छ। फिल्म हो मलायलम भाषामा बनेको ‘२०१८’।
२०२३ मा बलिउडबाट अजय देवगनदेखि सलमान खानसम्मका फिल्म रिलिज भए र सबैले बक्स अफिसमा राम्रै आम्दानी गरे। तर यो सानो तर वास्तविक घटनामा आधारित फिल्मले बक्स अफिसमा जादु देखाएको भारतीय ट्रेड एनालिस्ट बताउँछन्।
यो फिल्म केरला मा २०१८ मा आएको बाढीमा आधारित छ। २०१८ को चलचित्रले १७ दिनभित्र विश्वभर १३७।६० करोड रुपैयाँ कमाएको छ। यसरी फिल्मले ‘पुलिमुरुगन’को सात वर्ष पुरानो रेकर्ड तोडेको छ।
२०१८ फिल्मले १३७.६० करोडभन्दा बढी कलेक्सन गर्दा ‘पुलिमुरुगन’ले १३७.३५ करोड रुपैयाँ कमाएको थियो।
मलयालम फिल्म ‘२०१८’ सबैभन्दा छिटो १०० करोडको आँकडा पार गर्ने चलचित्र बनेको छ। मलयालम सिनेमाको इतिहासमा यो रेकर्ड यसअघि सुपरस्टार मोहन लालको फिल्म ‘लुसिफर’को नाममा थियो।
२०१८ फिल्मले ११ दिनमा १०० करोड कमाएको थियो भने लुसिफरले १२ दिनमा यो उपलब्धि हासिल गर्न सकेको थियो।
२०१८ फिल्मले १७ दिनमा देशभर करिब ६२.९५ करोडको व्यापार गरेको छ। चाखलाग्दो कुरा के छ भने फिल्मको कमाई स्थिर छ र घटेको छैन
ब्लकबस्टर २०१८ फिल्ममा टोभिनो थोमस, कुन्चाको बोबन, आसिफ अली, विनीथ श्रीनिवासन, अपर्णा बालमुरली र तन्वी मुख्य भूमिकामा छन्। काव्य फिल्म कम्पनी र पीके प्राइम प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई वेणु कुननापिल्ली, सीके पद्माकुमार र एन्टो जोसेफले निर्माण गरेका हुन्।
चाँडै नै २०१८ को फिल्म हिन्दीमा पनि ल्याउन सकिने बताइएको छ। फिल्मको बजेट करिब १२ करोड भारु रहेको छ।
जेठ ८, २०८० सोमबार २२:२९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।