२३ वर्षकी भइन् शाहरुख खानकी छोरी सुहाना

२३ वर्षकी भइन् शाहरुख खानकी छोरी सुहाना

बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना आजबाट २३ वर्षकी भएकी छन्।

त्यस विशेष अवसरमा शाहरुखले एक भिडियो सेयर गर्दै उनको जन्मदिनको शुभकामना दिएका छन्।

सुहाना शाहरुख गौरी खानकी एक्ली छोरी हुन्। उनका एक दाइ आर्यन र कान्छा भाइ अब्राम छन्। उनले न्युयोर्कमा आफ्नो पढाइ पूरा गरेकी हुन्। सुहाना जोया अख्तरको फिल्म ‘द आर्चिज’ बाट बलिउडमा डेब्यु गर्दैछिन्। 

यस फिल्ममा उनीसँगै खुशी कपूर, अगस्त्य नन्द कपुर र वेदांग रैना पनि देखिनेछन्। यो फिल्म नेटफ्लिक्समा रिलिज हुनेछ। यसबाहेक सुहाना न्यूयोर्कको ब्युटी ब्रान्ड मेबेलाइनकी ब्रान्ड एम्बेसडर पनि हुन्।

जेठ ८, २०८० सोमबार २२:०६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।