चलचित्र पत्रकार सङ्घकै अध्यक्ष यौन दुर्व्यवहारको आरोपी भएको खुलेपछि कार्यक्रममा गएनन् उपराष्ट्रपति
काठमाडौँ : चलचित्र पत्रकार सङ्घको वार्षिकोत्सवमा प्रमुख अतिथि थिए उपराष्ट्रपति रामसहाय प्रसाद यादव।
आइतबार जडीबुटीमा राखिएको थियो कार्यक्रम। सङ्घका अध्यक्ष समीर बलामी आफैँ सङ्घको सदस्यमाथि यौन दुर्व्यवहारको आरोपी। त्यसमा कला पत्रकारहरूलाई सम्मान गर्ने अतिथि राखियो नाबालिग बलात्कार मुद्दा पुनरावलोकनमा गएका पल शाह।
बलामी निर्वाचित भएपछि नेै संघका केही सदस्यले राजिनामा दिएका थिए। त्यसमा शाह पनि थपिए।
शाहले सम्मान गर्ने कार्यक्रम राखेको जानकारी पाए लगत्तै २० जना बढी सङ्घका सदस्यहरूले कार्यक्रम बहिष्कार गरे। कदर पत्र पाउने सूचिमा भएका केही कला पत्रकारले पत्र लिएनन्।
यो त भयो एक घटना। रोचक पक्ष अझै बाँकी छ। प्रमुख अतिथि पक्का भएका उपराष्ट्रपतिले अन्तिम समयमा कार्यक्रम रद्द गरिदिए। कारण उनै बलामी र पल शाह।
अध्यक्ष नेै यौन दुर्व्यवहारको आरोपी भएको खुलेपछि यादव झस्किए। त्यसमा शाह पनि। अनी यादवले नआउने सूचना पठाए। बहाना बिरामी भएको सन्देश पठाए।
नेफ्टा अवार्डमा पल आउने थाहा पाएपछि पनि उपराष्ट्रपति यादवले नआउने सूचना दिएपछि अन्तिम समयमा शाहलाई बोलाइएन।
प्राविधिक सङ्घसँग पलको निकट सम्बन्ध थियो। कोरोनाकाल अनि भूकम्पमा उनले प्राविधिकहरूलाई सघाएका थिए। त्यसैको गुन तिर्न कार्यक्रम गरिएको थियो। तर बोलाउन सकेनन्।
चलचित्र नृत्यकार सङ्घको कार्यक्रममा पनि उपराष्ट्रपतिले पल आए नआउने भनेपछि पलले निम्ता पाएनन्।
चलचित्र पत्रकार सङ्घको वार्षिकोत्सवमा उपराष्ट्रपति यादव कार्यक्रमै नआएपछि राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई आयोजकले बोलाए।
उनी राजी भए। तर सङ्घकै सदस्यहरूले आफ्नै अध्यक्षलाई बहिष्कार गरेपछि कार्यक्रम खल्लो बनेको थियो
जेठ ८, २०८० सोमबार २०:२४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।