अभिनेता आदित्य सिंह राजपुतको निधन

अभिनेता आदित्य सिंह राजपुतको निधन

एजेन्सी : भारतीय अभिनेता आदित्य सिंह राजपुतको निधन भएको छ। उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

आदित्य सिंह राजपूतको शव मुम्बईको अंधेरीस्थित अपार्टमेन्टमा भेटिएको मुम्बई प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि पठाइएको छ।

मिडिया रिपोर्टका अनुसार भवनको चौकीदारले आदित्य सिंह राजपुतलाई अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

आदित्य एक कामदारसँग लोखंडवाला, अंधेरीमा बस्थे। उनी विगत केही दिनदेखि ग्यास्ट्रिकको समस्याबाट पीडित रहेको नजिकका आफन्तले बताएको बीबीसीले जनाएको छ।

आदित्य सिंह राजपूतको करियर
९ अगस्ट १९९० मा उत्तराखण्डमा जन्मेका आदित्य सिंह राजपूतले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए। पछि उनले चलचित्र र टिभी कार्यक्रममा पनि काम गरे।

सानैदेखि काम गर्न थालेका उनी टिभी विज्ञापन, टिभि सिरियल र चलचित्रमा स–साना भूमिका खेल्थे। सन् २००८ मा उनले अजय देवगन र काजोलको फिल्म ‘यू मी और हम’ मा पनि उनले काम गरेका थिए। ‘प्यार तुने क्या किया’, ‘ये है आशिकी’ र ‘स्प्लिट्सभिला’ नामा टिभीशोमा उनले काम गरेका थिए।

बुवाको निधन भइसकेका सिंहको परिवारमा आमा र बहिनी छन्।

जेठ ८, २०८० सोमबार २०:२२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।