जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव निर्वाचित

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव निर्वाचित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्।

संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सोमबार यादवलाई निर्वाचित भएको घोषणा गरेको हो।

पार्टीको संसदीय दलको विधान २०७७ को दफा १० (१) बमोजिम यादव सर्वसम्मत निर्वाचित भएका हुन्।

यसअघि रामसहाय प्रसाद यादव संसदीय दलको नेता थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो।

जेठ ८, २०८० सोमबार १९:१६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।