एनएससी–काभा भलिबलमा नेपालको विजयी सुरुवात
काठमाडौं : एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपालले विजयी सुरूवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सोमबार भएको खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै सुखद सुरूवात गरेको हो।
किर्गिस्तानलाई २५-११, २५-१९ र २५-११ को सोझो सेटमा हराउँदै समूह ‘ए’मा रहेको नेपालले तीन अंक जोडेको छ।
दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ।
प्रतियोगिता अन्तर्गत नै सोमबार भारत र उज्वेकिस्तानले जित निकालेका छन्। प्रतियोगिताको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई २७-२५, २५-१५ र २५-१३ अंक बनाउँदै ३-० को सोझो सेटमा हरायो। यस्तै भारतले बंगलादेशलाई २५-३, २५-९ र २५-६ को सेटमा हरायो।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तान गरी ८ टोलीको सहभागी छन्।
समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन्। समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन्।
राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।
जेठ ८, २०८० सोमबार १८:१८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।