विश्वकप छनोट प्रतियोगिताका लागि २२ सदस्यीय क्रिकेट टोली घोषणा, को को परे ?
जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टिम घोषणा गरिएको छ।
प्रशिक्षक मोन्टी देसाईले २२ सदस्यीय टिम घोषणा गरेका छन्।
रोहित पौडेलको कप्तानीमा टिम यस्तो छः कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा, भीम सार्की, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनाश बोहरा।
मंगलबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गर्नेछन्।
नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ। त्यहाँ नेपालले आगामी महिना हुने आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्नेछ।
दक्षिण अफ्रिका जानुअघि भने नेपालले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि नेपालले विश्वकप छनोटका लागि १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्नेछ।
जेठ ८, २०८० सोमबार १६:४२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।