सुक्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

सुक्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

चितवनः नारायणगढ-मुग्लिन सडक खण्डमा सुक्वा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। 

इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुक्खा पहिरो खसेको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको छ।

सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ।

जेठ ८, २०८० सोमबार १६:०३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।