‘जनयुद्ध’ शब्दप्रति योगेशको आपत्तिमा देवेन्द्रले भने : मानिसले लडेको युद्ध ‘जनयुद्ध’ हो

‘जनयुद्ध’ शब्दप्रति योगेशको आपत्तिमा देवेन्द्रले भने : मानिसले लडेको युद्ध ‘जनयुद्ध’ हो

काठमाडौं : एमाले*का सांसद योगेशकुमार भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुँदा नं १ मा उल्लिखित ‘जनयुद्ध’ शब्दप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले यो शब्द नेपाली कांग्रेसलाई मान्य हुन्छ कि हुँदैन? भनेर प्रश्न समेत गरे।

यसपछि माओवादी केन्द्रका नेता एवं सांसद देवेन्द्र पौडेलले यसको जवाफमा जनताले लडेको युद्ध ‘जनयुद्ध’ नै भएको बताए।

उनले भने, ‘माननीयज्यूलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्छु, त्यो माछा युद्ध थियो? भालु युद्ध थियो? जंगलका अर्नाहरू लडेका थिए कि रुख, ढुंगाहरू लडेका थिए। मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि ‘जनयुद्ध’ भनिन्छ। मानिसका छोराहरू लडेका युद्ध थियो।’

*यसअघि प्रकाशित समाचारमा भुलवश एमाले सांसद् योगेशकुमार भट्टराई हुनुपर्नेमा नेपाली कांग्रेसका सांसद् भएकाले सच्याइएको छ।

जेठ ८, २०८० सोमबार १४:०७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।