देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख बलात्कार आरोपमा पक्राउ

देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख बलात्कार आरोपमा पक्राउ

काठमाडौं : देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम बलात्कार आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार नेपाली कांग्रेस दाङका जिल्ला सदस्य समेत रहेका गौतमलाई २६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोप लागेको छ। 

लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी शेषमणि गौतमलाई गए राति आफ्नै घरबाट पक्राउ गरिएको हो।​​​​​​

गत आइतबार दिउँसो करिब १२ बजे गौतमले ती युवतीलाई आफ्नै घरमै लगी बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए। 

हाल उनलाई आवश्यक कारबाहीको लागि मुद्दा दर्ता गरि म्याद थपको लागि अदालत ल्याउने तयारी भइरहेको छ।शेषमणि हाल देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा संचालक समितिका कोषाध्यक्ष रहेका छन्।

जेठ ८, २०८० सोमबार १३:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।