ओलीलाई इंगित गर्दै माधव नेपालले भने : सरकारमा बस्न सकिएन भनेर अरूलाई दोष दिएर हुँदैन

ओलीलाई इंगित गर्दै माधव नेपालले भने : सरकारमा बस्न सकिएन भनेर अरूलाई दोष दिएर हुँदैन

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै सरकारमा बस्न सकिएन भनेर व्यथा पोखेर नहुने बताएका छन्।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा आज संसद्मा बोल्दै उनले ओलीलाई बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो भनेर त्यसको समीक्षा गर्न पनि आग्रह गरे।

‘आफ्नो पीडा र व्यथा मात्र पोखेर हुँदैन। सरकारमा बस्न सकिएन त्यो बेग्लै कुरा हो। किन बस्न सकिएन? त्यसको पछाडि अरूलाई दोष दिएर हुँदैन,’ उनले भने।

‘बनिसकेको सरकार समेत किन आफ्नो हातबाट फुत्कियो? त्यसको लागि अरूलाई सत्तोसराप गरेर हुँदैन। आफूभित्र के कस्ता कमजोरी छ, सबैले समीक्षा गरौं। त्यसलाई सुधार गरौं,’ नेपालले थपे।

हिजो नीति तथा कार्यक्रममाथि छलफलको क्रममा ओलीले सत्तारुढ गठबन्धन सरकारविरुद्ध बोलेपछि आज नेपालको यो प्रतिक्रिया आएको हो।

जेठ ८, २०८० सोमबार १२:५८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।