हारसँगै तेस्रो स्थानमा झर्यो रियल म्याड्रिड, भिनिसियसलाई ‘रेड कार्ड’
एजेन्सी : स्पेनिस लिगमा भ्यालेन्सियासँग १–० ले पराजित भएपछि रियल म्याड्रिड लिगको तेस्रो स्थानमा झरेको छ।
अर्को खेलमा ओसासुन्नालाई ३-० ले हराउँदै एथ्लेटिको मड्रिड लिगको दोस्रो स्ठानमा उक्लँदा म्याड्रिड तेस्रो स्थानमा पुगेको हो।
खेलको अन्तिम समयमा १० खेलाडीमा समेटिएको रियललाई हराउन भ्यालेन्सियाका डिएगो लोपेजले ३३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यसपछि खेलको इन्जुरी समयमा भिनिसियस जुनियर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० जनामा समेटिएको थियो।
यो हारसँगै रियल ३५ खेलबाट ७१ अंकसहित लिगको तेस्रो स्थानमा झरेको छ। एथ्लेटिको ३५ खेलबाट ७२ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लियो।
३५ खेलबाट ८५ अंक रहेको बार्सिलोनाले लिग जितिसकेको छ।
जेठ ८, २०८० सोमबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।