झापामा एक पोथी हात्ती मृत भेटियो

झापामा एक पोथी हात्ती मृत भेटियो

झापा : बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र एक पोथी हात्ती मृत फेला परेको छ।आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हाल घटनास्थलमा डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी लगायतको टोली पुगिसकेको बताइएको छ।

हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन। हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको प्रहरीले जनाएको छ।

झापामा चालु आर्थिक वर्षमा यो दोस्रो हात्ती मरेको हो। हात्तीको आक्रमणबाट भने पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ। 

जेठ ८, २०८० सोमबार ०८:२१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।