गोकुलम केरलाले उचाल्यो उपाधि, प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनिन् सावित्रा

नेपाली स्ट्राइकर साबित्रा भण्डारी सम्मिलित गोकुलम केरला इन्डियन वुमन्स लिग च्याम्पियन्स बनेको छ।
उक्त प्रतियोगिताभरि सर्वाधिक गोलकर्ता पनि बनिन्।
केरलाले आइतबार फाइनलमा किकस्टार एफसीलाई ५-० को फराकिलो अन्तरले हराउँदै उपाधि ह्याट्रिक गरेको हो। नेपाली टोलीकै मिडफिल्डरद्वय सरु लिम्बू र रेनुका नगरकोटे सहभागी किकस्टारलाई हराउन सावित्राले खेलको पाँचै मिनेटमा गोल गरेकी थिइन्।
साथै उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि बनिन्।
साबित्राले प्रतियोगिताभरि ५ ह्याट्रिकसहित ३० गोल गरिन्। सावित्राले एक लाख भारुसमेत प्राप्त गरिन्।
जेठ ७, २०८० आइतबार २१:५८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।