ठाउँठाउँमा विद्युतीय चार्जिङ स्टेशन निर्माण गर्न रास्वपाकी सांसदको माग

काठमाडौँः रास्वपाकी सांसद सोविता गौतमले देशका विभिन्न स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन राख्न सरकारलाई सुझाव दिएकी छन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि बोल्दै सांसद गौतमले आइतबार संसदमा नीति तथा कार्यक्रमको बुँदा ८० मा यस्तो निर्णय थप गर्न सुझाव दिएकी हुन्।
'नीति तथा कार्यक्रमको बुँदा ८० मा म थप्न चाहन्छु,' उनले भनिन्, 'विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न होटेल पार्किङ स्थल साथै राजमार्गहरूका ठाउँठाउँमा चार्जिङ स्टेशन निर्माण गर्नुपर्यो भन्ने नीति तथा कार्यक्रममा आओस् भन्न चाहन्छु।'
जेठ ७, २०८० आइतबार १५:०४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।