बागमतीमा कांग्रेस र नेकपा एसबाट थपिए मन्त्री, आजै दिउँसो सपथ

बागमतीमा कांग्रेस र नेकपा एसबाट थपिए मन्त्री, आजै दिउँसो सपथ

 काठमाडौँः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन्।

नेपाली कांग्रेसबाट ४ र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री भएका हुन्। 

दोस्रोपटक विश्वासको मत प्राप्त गरेको करिब दुई महिनापछि जम्कट्टेलले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। 

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन्। कांग्रेसका रामकृष्ण चित्रकारलाई भने विनाविभागीय मन्त्री बनाइएको छ। 

यस्तै नेकपा एसबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन्। 

उनीहरूलाई आजै दिउँसो शपथ ग्रहण गराइने तयारी छ। 

एमाले र राप्रपाको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका जम्मकट्टेललाई अहले भने कांग्रेस नेकपा एसलगायतको समर्थन छ।

तर राष्ट्रपति निर्वाचनपछि राजनीतिक समीकरण फेरिएपछि राप्रपा र एमालेले सरकार छाडेका थिए। 

७ जेठ, २०८०, १४:५५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।