पत्रकारलगायतको न्यूनतम तलब ४० प्रतिशतले बढाउन सिफारिस

पत्रकारलगायतको न्यूनतम तलब ४० प्रतिशतले बढाउन सिफारिस

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकार, कर्मचारी र कामदारहरूको न्यूनतम तलबमान ४० प्रतिशत बढाउन सिफारिस गरेको छ।

समितिकी अध्यक्ष संगीता खड्काले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई न्यूनतम तलब वृद्धिको सिफारिससहित प्रतिवेदन बुझाएकी छन्। 

समितिले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको तलब मासिक ३४ हजार १२५ रुपैयाँ पुर्याउनुपर्ने सिफारिस गरेको छ।

यसैगरी ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारी र कामदारको न्यूनतम तलब १८ हजार रुपैयाँबाट २५ हजार २ सय रुपैयाँ कायम गर्न पनि सिफारिस गरिएको छ। 

 

 

जेठ ७, २०८० आइतबार १४:२५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।