चीनमा पनि आर्थिक मन्दी, कोभिड महामारीपछि काम नपाएर तनावमा चिनियाँ युवा

चीनमा पनि आर्थिक मन्दी, कोभिड महामारीपछि काम नपाएर तनावमा चिनियाँ युवा

एजेन्सी : कोभिड–१९ को महामारीपछि चिनियाँ युवाको ठूलो समूह हाल रोजगारीको खोजीमा हैरानी भोगिरहेको छ।

न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटीडीकाअनुसार कोभिड–१९ को महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्ध हटाइएको महिनौं बितिसक्दा पनि रोजगारीका लागि युवा पुस्ताले संघर्ष गर्नुपरेको छ।

चीनको राष्ट्रिय तथ्यांक ब्यूरोले जारी गरेको गत महिनाको तथ्यांक अनुसार १६ देखि २४ वर्ष उमेर समूहको राष्ट्रिय बेरोजगारी दर १९.५ प्रतिशत रहेको उल्लेख छ। गत डिसेम्बरको तुलनामा यो झण्डै ३ प्रतिशतले बढी हो। 

कोरोना महामारीको कारण चीनमा हाल आर्थिक समस्या देखिएकाले बेरोजगारी बढेको हो।

साथै चीन सरकारले प्रविधि, शिक्षा र सम्पत्ति क्षेत्रमा गरेको कारबाहीका कारण युवाको ठूलो संख्याले रोजगारी गुमाएका छन्। नाम चलेका विशाल प्राविधिक कम्पनीले हजारौं कामदारलाई निकालेका छन्।

जेठ ७, २०८० आइतबार १४:०९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।