फुटबल रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु, सयौं घाइते

फुटबल रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु, सयौं घाइते

एजेन्सी : मध्य अमेरिकी राज्य एल साल्भाडोरको फुटबल रंगशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ।

सीएनएनका अनुसार समर्थकहरू रंगशालामा प्रवेश गरेपछि भएको भागदौडमा अन्य सयौं घाइते भएका छन्।​​​​​

कुस्काटलाना रंगशालामा अलियान्जा एफसी र डेपोर्टिभो एफएएसबीचको क्वाटरफाइनल खेल हेर्न बिनाटिकट समर्थकहरू रंगशालामा छिरेपछि भागदौड भएको थियो।

भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको।  

प्रहरीले सार्वजनिक  गरेको भिडियोमा रंगशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू उपचारका लागि दौडिइरहेका देखिन्छ।

जेठ ७, २०८० आइतबार १३:५१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।