प्रचण्डलाई ओलीको प्रश्न : कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाउँदै छ रे, यथार्थ के हो?

प्रचण्डलाई ओलीको प्रश्न : कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाउँदै छ रे, यथार्थ के हो?

काठमाडौं : एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको हालको अवस्थाको बारेमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’सँग प्रश्न गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा सुरु भएको छलफलमा बोल्दै उनले नेपाली भूमिमा भारतले संरचना बनाइरहेको बारे सरकार अनभिज्ञ रहेको बताए।

उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अहिलेको अवस्था के छ? त्यहाँ सीमा सुरक्षित नै छ? नीति तथा कार्यक्रममा सरकारले यसबारे केही बोल्दैन। कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेका समाचार सञ्चारमाध्यममा आएका छन्। हो कि होइन यथार्थ के हो? संसद्मा नेपाली जनतालाई यी राष्ट्रिय महत्त्व र चासोका विषयमा जानकारी गराउनुपर्छ कि पर्दैन?’

ओलीले भारत भ्रमणका दौरान प्रधानमन्त्रीले सीमा क्षेत्रको कुरा उठाउन पनि आग्रह गर्दै भने, ‘यस सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन, यो सरकारलाई त्यो पनि थाहा छैन।’

जेठ ७, २०८० आइतबार १३:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।