समाजसेवा गर्न राजनीतिमा आएको हुँः प्रकाशमानसिंह

काठमाडौँः पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन्।
आइतबार थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उनले भने, 'राजनीति पनि एक समाजसेवा हो। समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु।'
राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवामा समर्पित हुन सकेमात्र देशको कल्याण हुने उनको भनाइ थियो। उनले थापाथली जनकल्याण परिवारले ज्येष्ठ नागरिक, बालबालिका, महिला र युवाको हित एवं विकासमा खेलेको भूमिकबारे प्रशंसासमेत गरे।
जेठ ७, २०८० आइतबार १३:००:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।