बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि
काठमाडौं : मकवानपुरको हेटौंडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदैछ।
प्रतियोगितामा एक हजार ७५ महिला र एक हजार चार सय २७ पुरुष खेलाडी सहभागी हुँदैछन्।
प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्दैछन्।
परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी लगायत हेटौंडा आइसकेका छन्।
प्रतियोगितामा १३ खेल समावेश गरिएका छन्। उसु, जुडो र पौडी खेल काठमाडौं तथा ललितपुरमा खेलाइने छन्। यस्तै क्रिकेट चितवनमा खेलाइने सदस्य सचिव भण्डारीले बताए।
फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौंडाका विभिन्न खेल मैदानमा खेलाइने छन्।
जेठ ७, २०८० आइतबार १२:५७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।