सत्ता गठबन्धन नै देशको अर्थतन्त्रलाई संकटमा पुर्‍याउने प्रमुख कारक हो : ओली

सत्ता गठबन्धन नै देशको अर्थतन्त्रलाई संकटमा पुर्‍याउने प्रमुख कारक हो : ओली

काठमाडौं : एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले हालको गठबन्धन सरकार नै अर्थतन्त्रलाई संकटमा पुर्याउने प्रमुख कारक रहेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा सुरु भएको छलफलमा बोल्दै उनले सत्तारुढ गठबन्धन नै देशको दुःखको कारण भएको बताए।

उनले भने, ‘एमालेको सरकारलाई विस्थापन गरी बनेको कांग्रेस-मा‌ओवादी केन्द्रसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटमा पुर्याउने प्रमुख कारक हो। प्रधानमन्त्रीज्यूलाई लागेको होला यो सरकार राम्रो छ। सफल छ। यस्तो भनिदिए हुन्थ्यो। तर तथ्यांकहरूले त्यस्तो भन्दैन।’

‘के देशलाई ओरालोमा ल्याउनका लागि, अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि यो गठबन्धन बन्नुपरेको थियो?’ उनले प्रश्न गरे, ‘यो गठबन्धन देश र जनताका लागि बनाएको कि देश र जनतालाई कष्ट दिनका लागि बनाएको? यो गठबन्धन दुःखको कारण भएको छ।’

जेठ ७, २०८० आइतबार १२:४२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।