देश असामान्य अवस्थामा रहेको कुरालाई नीति तथा कार्यक्रममा लुकाइयो : केपी ओली

देश असामान्य अवस्थामा रहेको कुरालाई नीति तथा कार्यक्रममा लुकाइयो : केपी ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारद्वारा जारी नीति तथा कार्यक्रममा देश असामान्य अवस्थामा रहेको कुरालाई लुकाइएको आरोप लगाएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा सुरु भएको छलफलमा ओलीले यस नीति तथा कार्यक्रमको कुनै उद्देश्य नै नभएको बताए।

‘देश असामान्य अवस्थामा रहेको कुरालाई यसमा लुकाउन खोजिएको छ, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ भने जस्तो छ,’ उनले भने, ‘सरकार बेखबर भएको हो की, देशको परिस्थिति नबुझेको हो की, देखेर नि अनदेखी गरेको हो की, या बुझेर पनि जनतालाई बुझाउन नचाहेको हो।’

‘यस नीति तथा कार्यक्रमको कुनै उद्देश्य नै छैन। कहाँ पुग्ने गन्तव्य छैन। कसरी जाने मार्गभित्र छैन। सर्वत्र नीति शून्य नीतिको अवस्था छ। अहिलेको सरकारको नीति के हो भने नीति शून्य नीति। यस्तो नीति तथा कार्यक्रमले देशमा स्थायित्व दिन सक्दैन,’ उनले थपे।

जेठ ७, २०८० आइतबार १२:२२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।