शनिबार १५ मंसिर, २०८१
जिरुडले गरे रेलिगेसनमा परेको साम्पडोरियाविरुद्ध ह्याट्रिक
एजेन्सी : फ्रान्सका फरवार्ड ओलिभर जिरुडले ह्याट्रिक गरेपछि एसी मिलानले इटालियन लिगका फराकिलो जित हात पारेको छ। मिलानले घरेलु मैदानमा साम्पडोरियालाई ५-१ ले हरायो।
गए राति भएको खेलमा रेलिगेसनमा परिसकेको साम्पडोरियामाथि २३ औं र २९ औं मिनेटमा गरी पहिलो हाफमा दुई गोल गरेका जिरुडले ६८ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए।
तर यो जितका बाबजुद पनि ३६ खेलबाट ६४ अंक रहेको मिलान लिगको पाँचौ स्थानमा छ। इटालियन लिगको उपाधि नापोलीले जितिसकेको छ।
जेठ ७, २०८० आइतबार ०९:०१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।