संसद्मा आजदेखि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल

संसद्मा आजदेखि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं : आज (आइतबार) बस्ने संसद्को बैठकबाट सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ।

प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन, बानेश्वरमा आज बिहान ११ बजेको लागि बोलाइएको छ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन पनि प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने छ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि जेठ ११ गतेसम्म छलफलका हुनेछ भने यसपछि आर्थिक वर्ष २०८०/८१ को बजेट जेठ १५ गते प्रस्तुत हुनेछ।

जेठ ७, २०८० आइतबार ०८:१४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।