पूर्वी रुकुममा भूकम्प

पूर्वी रुकुममा भूकम्प

काठमाडौं : पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकाम गाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

जेठ ७, २०८० आइतबार ०७:४६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।