सिटी लगातार तेस्रो सिजन प्रिमियर लिग च्याम्पियन, ६ वर्षमा पाँचौ उपाधि

सिटी लगातार तेस्रो सिजन प्रिमियर लिग च्याम्पियन, ६ वर्षमा पाँचौ उपाधि

एजेन्सी : उपाधिमा टक्कर दिइरहेको आर्सनल आफ्नो खेलमा पराजित भएपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ।

लिगको दोस्रो स्थानमा रहेको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटिले तीन खेल अगावै उपाधि पक्का गरेको हो।

सिटीले प्रिमियर लिगको उपाधि जितेको यो लगातार तेस्रो सिजन हो भने ६ वर्षमा उसको यो पाँचौ लिग उपाधि हो। समग्रमा सिटीको यो नवौं लिग उपाधि हो।

नटिङहमसँगको हारपछि ३७ खेलबाट ८१ अंक रहेको आर्सनलले अब लिगमा एक खेल मात्रै खेल्न बाँकी छ। त्यसैले ३५ खेलबाट ८५ अंक रहेको सिटीको ४ अंकको अग्रता कायमै रहेपछि लिग च्याम्पियन बनेको हो।

च्याम्पियन्स लिग र एफए कपको फाइनलमा रहेको सिटी यो सिजन उपाधिमा ट्रेबल गर्ने (तीन प्रमुख उपाधि जित्ने) दाउमा छ।

सिटीले अब एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेड र च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग भिडन्त गर्दैछ।

जेठ ७, २०८० आइतबार ०७:३८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।