तालिबानको लडाइमा दुवै खुट्टा गुमे पनि साहस गुमेन, हरि पुगे सगरमाथाको टुप्पोमा

तालिबानको लडाइमा दुवै खुट्टा गुमे पनि साहस गुमेन, हरि पुगे सगरमाथाको टुप्पोमा

काठमाडौँ : तालिबानसँगको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

उनले शुक्रवार दिउँसो ३ बजे सफल सगरमाथाको आरोहण गरेका हुन्। बुढामगरको सफलतासँगै उनले सगरमाथाको चुचुरो चुम्ने पहिलो घुँडा माथि दुवै अंगबिच्छेद भएका व्यक्तिको विश्व रेकर्ड समेत बनाए।

उनले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका थिए।

उनी रोल्पा थवाङ गाउँपालिका मिरुलका हुन्।ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा पुगेका उनले सन् २०१० मा दुवै खुट्टाको घुँडा भन्दा माथिको भाग गुमाएका थिए। थापाले ब्रिटिसको स्पेसल एअर सर्भिसको माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए।

सगरमाथाको सफल आरोहण गर्नुपूर्व उनले मोन्ट ब्लाङ्क ४,८१० मिटर, चुलु सुदूरपूर्व ६,०५९ मिटर, किलिमन्जारो ५,८९५ मिटर, र मेरा पिक ६,४७६ मिटर लगायतका आरोहण गरिसकेका थिए।

जेठ ६, २०८० शनिबार २०:५६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।