आईपीएल : जिते लखनऊ प्लेअफमा, कोलकातालाई मुम्बई र बैंग्लोरको भर
एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ६८औं खेलमा लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबीच इडेन गार्डेनमा खेल हुँदैछ।
टस जितेर कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्सलाई पहिले ब्याटिङ गर्न आह्वान गरेको छ।
यस सिजनमा अहिलेसम्म खेलिएका १३ खेलमध्ये लखनउले ७ खेल जितेको छ भने चेन्नई सुपर किंग्ससँगको एक खेल वर्षाका कारण रद्द भएको थियो।
लखनउ सुपर जायन्ट्सको टोलीले यो खेल जित्यो भने प्लेअफमा उसको स्थान पक्का हुनेछ।
अर्कोतर्फ, लखनउ सुपर जाइन्ट्स हार्यो भने, उसले प्लेअफमा पुग्नका लागि मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर मध्येको एउटा टोलीसँग हार बेहोर्नुपर्नेछ।
अर्कोतर्फ कोलकाता नाइट राइडर्सले प्लेअफमा पुग्ने कुनै पनि मौका पाउन यो खेल ठूलो अन्तरले जितेर मात्र पुग्दैन आइतबार हुने लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर दुवै पराजित हुनुपर्छ।
जेठ ६, २०८० शनिबार २०:०६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।