उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता, ‘व्याख्यात्मक टिप्पणी’बारे छलफल

उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता, ‘व्याख्यात्मक टिप्पणी’बारे छलफल

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसीसी परियोजनाका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच शिष्टाचार भेटवार्ता भएको छ।

ब्रुक्सलाई आफ्नो कार्यालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालले अमेरिकासँगको सम्बन्धलाई सधै प्राथमिकता दिएको बताए। साथै नेपालको विकासमा अमेरिकाले पुर्याएको योगदानप्रति उनले धन्यवाद दिए।

पछिल्लो राजनीतिक परिवर्तनसँगै आर्थिक-सामाजिक विकासको जनआकांक्षा पुरागर्ने जिम्मेवारीमा आफुहरू रहेको र युएसएड तथा एमसीसी जस्ता अमेरिकी परियोजनाले नेपाली जनताको आर्थिक-सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा लिइएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

नेपालको संसद्ले एमसीसी अनुमोदन गरिसकेको अवस्थाबीच एक लोकतान्त्रिक तथा विधिको शासन मान्ने मुलुकको हिसाबले यसको सफल कार्यान्वयन गरिने उनले बताए।

साथै, आम जनभावना अनुसार व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले ब्रुक्सलाई स्मरण गराए। उनले संसदले पारित गरेको व्याख्यात्मक टिप्पणीबारे आधिकारिक राय स्पष्ट पार्न समेत डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सलाई अनुरोध गरे।

नेपालका लागि अमेरिकी राजदुत डिन आर. थम्पसनसहित गृह मन्त्रालय पुगेका ब्रुक्सले व्याख्यात्मक टिप्पणी नेपाली बहसको महत्त्वपूर्ण पाटो भनेर अमेरिकाले सधैँ कदर गरेको र व्याख्यात्मक टिप्पणीलाई स्वागत गरेको स्पष्ट पारे।

जेठ ६, २०८० शनिबार १६:२८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।