ओलीले भोलिको संसद् बैठकमा सम्बोधन गर्ने

ओलीले भोलिको संसद् बैठकमा सम्बोधन गर्ने

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

पार्टी संसदीय दलकाे बैठकलाई सम्बोधन गर्दै ‌ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुअघि आइतबार आफ्नाे भनाइ राख्ने बताएका हुन्।

‘हिजो प्रस्तुत भएको र भोलिबाट छलफल सुरु हुने नीति तथा कार्यक्रमको बारेमा संसद बैठकको प्रारम्भमा नै मैले धारणा राख्नेछु’, ओलीले भने।

आइतबारबाट संसदमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ। उनले यसअघि नै नीति तथा कार्यक्रमको जमेर प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिइसकेका छन्।

जेठ ६, २०८० शनिबार १६:१६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।