नीति तथा कार्यक्रमको जमेर प्रतिवाद गर्न ओलीको निर्देशन

नीति तथा कार्यक्रमको जमेर प्रतिवाद गर्न ओलीको निर्देशन

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानको स्पिरिटअनुसार नभएकाले जमेर प्रतिवाद गर्न सांसद्लाई निर्देशन दिएका छन्।

शनिबार बसेको संसदीय दलको बैठकलाई सम्बोधनमा ओलीले नीति तथा कार्यक्रम सरकार आफैँले ल्याएको सिद्दान्त र प्राथमिकताअनुसार पनि नभएको भन्दै जमेर प्रतिवाद गर्न निर्देशन दिए।

‘नीति तथा कार्यक्रम संविधानको स्पिरिट बमोजिम पनि छैन। आफैँले प्रस्तुत गरेको सिद्दान्त र प्राथमिकताको स्पिरिटमा पनि छैन,’ उनले भने, ‘देश र जनताका पक्षाका योजना कटौती गर्ने र फजुल गफ गर्ने कुरा भयो। संसदमा यसको जमेर प्रतिवाद गर्नुपर्छ।’

यस्तै ओलीले आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। पार्टी बैठकमा उनले आइतबारकाे बैठकमा सम्बोधन गर्ने जानकारी गराएका हुन्।

‘हिजो प्रस्तुत भएको र भोलिबाट छलफल सुरु हुने नीति तथा कार्यक्रमको बारेमा संसद बैठकको प्रारम्भमा नै मैले धारणा राख्नेछु’, ओलीले भने।

आइतबारबाट संसदमा सरकरको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ।

जेठ ६, २०८० शनिबार १६:११:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।