१६ वर्षको किशोरीलाई विवाह गर्छौ भनेर सोध्दा तीन अमेरिकी नागरिक पक्राउ, त्यो पनि नेपालमा!

१६ वर्षको किशोरीलाई विवाह गर्छौ भनेर सोध्दा तीन अमेरिकी नागरिक पक्राउ, त्यो पनि नेपालमा!

काठमाडौँ : लाइभ स्ट्रिमिङकोक्रममा १८ वर्ष मुनिका बालिकालाई विवाह गर्ने हो भनेर सोध्दा तीन अमेरिकी नागरिक प्रहरी हिरासतमा पुगे।

लाइभ स्ट्रिमिङमा सस्पेन्डयाज र स्लाइट्ली होमलेस उपनामले परिचित दुई अमेरिकी नागरिक वसन्तपुरमा पक्राउ परेका थिए। पछि थप एक अमेरिकी नागरिक पक्राउ परे।
४३ वर्षका एभ्रोम म्याक्सवेल मर्लिन्, २५ वर्षको ह्यारिसन हेन्जि लेभिस र २२ वर्षको रिभरस्टोन मिक्किवर पक्राउ परेका हुन्।

यी इगेमिङ र लाइभ स्ट्रिमिङका चर्चित व्यक्तिहरू हुन्।

लाइभ भिडियो स्ट्रिमिङमा १० कक्षा पढ्ने बालिकासँग दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जानकारी पुगेपछि उपत्यका प्रहरी कार्यालयले पर्यटन प्रहरीलाई जानकारी गराएको थियो।

पर्यटन प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बैशाख ४ गते प्रहरी वृत्त स्वयम्भूमा पठायो।

स्वयम्भूमा डिएसपी राजबाबु महर्जनका अनुसार बालबालिकामाथि दुर्व्यवहार गरेको भन्दै पर्यटन प्रहरीले उनीहरूलाई हिरासतमा राख्न पठाएको थियो।

त्यस लगत्तै उनीहरूलाई डिपोर्ट प्रक्रियाका लागि पुन पर्यटन प्रहरीमा नै फिर्ता पठाएको उनले जानकारी दिए।

पर्यटन प्रहरीले उनीहरूमाथि थप अनुसन्धान कारबाहीका लागि शुक्रवार अध्यागमन विभाग बुझायो। उनीहरू अध्यागमनकै हिरासतमा छन्। 

जेठ ६, २०८० शनिबार १४:४६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।